Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

विवाह दर्ता र सम्बन्धविच्छेद बढ्यो

spot_img

पर्सा – मुलुकी देवानी आचार संहिता ऐन २०७४ आएपछि जिल्ला अदालतबाट विवाह र सम्बन्ध बिच्छेद गर्ने क्रम हात्तै बढेको छ । बिगतमा ‘कोर्ट म्यारिज’ भनिए पनि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरिन्थ्यो भने हाल नयाँ ऐन आएपछि जिल्ला अदालतबाटै ‘कोर्ट म्यारिज’ हुन लागेको हो ।

जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षमा बुधबारसम्म जिल्ला अदालतबाट ७७ जोडीले कानुनी विवाह गरेका छन् । यसरी विवाह गर्नका लागि विवाह गर्न चाहेको जोडीको उमेर २० वर्ष पुरा भएको तथा उनीहरूले २ जना साक्षी पनिल्याउनुपर्छ ।

अन्यत्र जिल्लाको बासिन्दा भए त्यस्तो जोडीले जिल्लामा १५ दिन बसेको वडा कार्यालयको सिफारिश साथमा हुनु पर्छ । विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको कानुनले विवाह गर्ने योग्य हुनु पर्छ । त्यस्ता विदेशीले नेपाली नागरिकसंग विवाह गर्न आफ्नो मुलुकको सिफारिस सहित आउनुपर्छ ।

त्यसैगरी नयाँ संहिता आएपछि जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेको संख्या पनि बढेको भट्टराई बताउँछन् । नया संहिताले पुरुषलाई पनि पत्नीसँग सम्बन्ध बिच्छेदका लागि सोझै जिल्ला अदालतमा आउन पाउने सुविधा दिएपछि अदालतबाट सम्बन्ध बिच्छेद गर्ने क्रम बढेको हो ।

चालु आवको बुधबारसम्म जिल्ला अदालतमा सम्बन्धविच्छेदका १ सय ४९ मुद्दा दर्ता भई सकेका छन् । यी मध्ये सम्बन्धबिच्छेदका लागि महिलाबाट दर्ता भएका मुद्दा ८६ र पुरुषबाट दर्ता भएका मुद्दा ६३ छन् । यसरी झण्डै महिला र पुरुष दुबैबाट मुदा दर्ताको संख्या करीब उस्तै पुग्न लागेको छ ।

विगतको मुलुकी ऐनले महिलालाई मात्रै सोझै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि आउन सक्ने अधिकार दिएको थियो । पुरुषलाई अंकुश लगाएको थियो । तर नया संहिताले पुरुषलाई पनि यस्तो अधिकार क्षेत्रमा समेटेको छ । बिगतमा पुरुषले महिलाउपर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सम्बन्धित गाउ पालिका वा अन्य तह हुँदै जिल्ला अदालतसम्म आउनुपर्थ्याे ।

नयाँ संहिताले पुरुषले महिलाउपर सम्बन्ध बिच्छेद गर्न पाउने आधारहरू पनि तय गरेको छ । जस अनुसार,पत्नीले पतिसंग मानु छुटि्टएर बसे वा अंश लिए, पतिको मन्जुरी बिनै लगातार ३ वर्ष वा त्योभन्दा बढी समय अलग बसे, पत्नीले पतिलाई खान लाउन नदिई घरबाट निकाला गरेमा पतिलेपत्नीसंग सम्बन्ध बिच्छेदको मुद्दा दायर गर्न पाउँछन् ।

यसबाहेक पत्नीले पतिको अंगभंग, शारीरिक कष्ट हुने काम वा त्यसको जालप्रपन्च रचेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्पर्क राखेको भेेटेमा पनि पतिले पत्नीविरुद्ध सम्बन्ध बिच्छेद मुद्दा दर्तागर्न पाउँछन् ।

 

-Kantipur

spot_img

ताजा अपडेट

लोकप्रिय