spot_img

५० औं वैवाहिक वर्षगाँठको अवसरमा सीताको सिउँदोमा सिन्दुर लगाउँदै प्रचण्ड

spot_img
spot_img

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो पटक सीता दाहालको सिउँदो भर्दैछन्। २०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाउन लागेका हुन्। बिहीबार साँझ ५ बजे खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले सीतालाई सिन्दुर लगाउने तयारी छ।

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि सीता विक्षिप्त छन्। छोराको शोकपछि विक्षिप्त बनेकी सीताको मन मन भुलाउन प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठलाई विशेष बनाउने तयारी ७/८ महिना अघिनै तयारी गरेका थिए।

५० औं वर्षगाँठमा आफ्नो विवाहको लमी बनेका केशवप्रसाद भट्टराईलाई गत भदौमा प्रचण्ड स्वयम्ले बालाजु पुगेर निम्तो दिएका थिए। यद्यपी उनको गत वर्ष पुसको अन्तिम साता निधन भइसकेको छ।

पारिवारिक स्रोतका अनुसार ठिक पाँच बजे पारिवारिक जमघटमा प्रचण्डले सीताको सिउँदोमा सिन्दुर भर्नेछन्। यो कार्यक्रममा मिडियालाई भने प्रतिबन्ध लगाइएको छ। प्रचण्डले यसलाई पारिवारिक ग्यादरिङ’ भनेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले निजी निवास खुमलटारमा अध्यक्ष प्रचण्डले सामान्य ढंगले ५० औं वैवाहिक वर्षगाँठ मनाउने तयारी भएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय