आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार भाउजु पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम , बैशाख २६ गते — गत बैशाख ५ गतेका दिन धनुषा जिल्लाको कमला नगरपालीका वडा नं. ५ बस्ने जयलाल भुसकुलियाको छोरी धनुषाको शहीदनगर नगरपालीका वडा नं. १ चिरैयाटोल वस्ने वर्ष २४ को मुकेश गोईत यादव को श्रीमती निर्मला देवी यादव को जिउ ज्यानमा खाना पकाउने क्रममा साडीमा आगो सल्की घाईते भएको सुचाना प्रहरी लाई भएपछि तत्काल प्र.चौ. खरीयानी का प्र.स.नि.सहीतको टोली खटी गई प्रहरी र स्थानीय भद्रभलादमीहरु समेत मीली निज घाईते निर्मला देवी यादवलाई उपचारको लागी जनकपुर अञ्चल अस्पताल जनकपुरमा पठाईएको थियो ।

- Advertisement -

ई.प्र.का.सवैलावाट प्र.नि. चन्द्र भुषण यादव समेतको टोली थप भई प्रारम्भिक अनुसन्धान गर्दा श्रीमान श्रीमतीबीच झैझगडा भई श्रीमानले नै कुटपीट गरी पेट्रोल छरी श्रीमती निर्मला देवीको जीउमा आगो लगाई फरार भएको खुल्न आएकोमा श्रीमान मुकेश गोईत यादवलाई प्रहरीले संकीत सम्पुर्ण स्थानहरुमा खोजतलास गर्ने कार्य तिब्र वनाएको थियो ।

सोही क्रममा निर्मला देवी थप उपचारको लागी काठमाडौ शिक्षण अस्पताल हुँदै किर्तिपुर स्थित मोडेल अस्पतालमा उपचारको क्रममा मिति २०७६।०१।१६ गते मृत्यु भएको जानकरी प्राप्त भएको थियो । निज श्रीमान मुकेश गोईत यादवलाई खोजतलास गर्दाको क्रममा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र ई.प्र.का. सबैलासमेतको प्रहरी टोली खटी गई खोजतलास गर्दा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला को गड्डा चौकी भन्ने स्थानमा लुकीछिपी बसेकोमा निजलाई पक्राउ गरेको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालयमा दाखिला गरी प्रारम्भिक सोधपुछ गर्दा निजको विवाह पुर्व देखी नै आफ्नै भाउजु वर्ष २५ की श्यामा देवी यादवसंग अनैतिक सम्वन्ध रहेको विवाह पश्चात पनि सो सम्वन्ध कायम नै रहेको र सो कुराको जानकरी मृतक निर्मला देवीले थाहा पाएपछि निज मुकेश गोईत यादवकी श्रीमती निर्मला देवी यादव र भाउजु श्यामा देवी विच पटक पटक झै-झगडा भईरहने गरेकोमा घटनाको दिन समेत दुई पक्ष विच सोही विषयमा पुन: झगडा हुँदा निज मुकेश गोईतले झगडा छुट्याई श्रीमतीलाई कुटपीट गर्दै निज मृतक को लुगाकपडा जलाउन बाहीर आँगनमा झिकी पट्रोल लिन निजको भाउजु श्यामा देवी को पसलमा पुग्दा के गर्न पेट्रोल चाहीयो भनी सोध्दा श्रीमती निर्मलालाई गाली गर्दै उसको सम्पुर्ण सामान जलाई घरवाट निकाली दिन्छु भनेको थियो ।

त्यस पछी भाउजु श्यामा देवी ले लुगाकपडा मात्र किन निर्मला समेतलाई पेट्रोल छर्की आगो लगाई देउ, पछि हामी दुवै भागी विहे गर्ने भनी वचन दिएकोमा श्रीमान मुकेश गोईतले दाहीने हातमा मिनीरल वाटरको बोतलमा पेट्रोल बोकी श्रीमती निर्मला देवीको जिउ आँग र जम्मा पारेको लुगाकपडा समेतमा पेट्रोल छर्की आगो लगाई सो स्थानवाट भागी फरार भई विभिन्न स्थानमा लुकीछिपी बसी रहेको अवस्थामा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी स्थितवाट प्रहरीले मिति २०७६।०१।२५ गते पक्राउ गरी दाखिला गरेको साथै निजको भाउजु श्यामा देवी लाई समेत ई.प्र.का. सवैलाको प्रहरी टोलीले पक्राउ गरी यस कार्यालयमा दाखिला गरेको थियो ।

निजहरुमाथि कर्तव्य ज्यान शिर्षक मुद्दामा सम्मानित श्री धनुषा जिल्ला अदालतबाट म्याद थप गर्ने कार्य भई रहेको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -