Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...

कञ्चनपुरमा विषालु च्याउ खाँदा...

कञ्चनपुर,३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका...

वर्षाले बीपी राजमार्गका विभिन्न...

काठमाडाैं,३१ असार । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

विद्युत प्राधिकरणको बजेट १५ अर्ब रुपैयाँ मात्र

spot_img

४५ अर्ब ऋण खोजिने, चालु वर्षको भन्दा १० अर्ब कम

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं। आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नेपाल विद्युत प्राधिकरणको बजेट १५ अर्ब रुपैयाँ मात्र हुने भएको छ। चालु आर्थिक वर्षको लागि भने प्राधिकरणलाई २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो।

- Advertisement -

चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी लक्ष्य लिएको सरकारले लक्ष्य कार्यान्वयन गर्ने निकाय विद्युत प्राधिकरणलाईनै चालु वर्षको भन्दा १० अर्ब रुपैयाँ कम बजेट छुट्याएपछि प्राधिकरणले असन्तुष्टी जनाएको थियो।

अर्थमन्त्रालयले प्राधिकरणलाई बोलाएर चार वर्ष भित्र सबै नागरिकलाई विद्युत सेवा दिन छुट्टै कार्यक्रम ल्याउने भनेपछि प्राधिकरणको भागमा आउने आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मात्रै बजेट हुने प्राधिकरण स्रोतले बतायो।

- Advertisement -

प्राधिकरणसँग छलफल भएपछि सरकारले नीति तथा कार्यक्रममै उज्यालो अभियानलाई निरन्तरता दिदै ४ वर्षभित्र सबै नेपालीलाई स्वच्छ उर्जा दिने घोषणा गरिसकेको छ। उक्त कार्यक्रमको लागि सरकारले छुट्टै बजेट व्यवस्थापन गर्नेछ।

४५ अर्ब रुपैयाँ ऋण दिने

आगामी वर्षको बजेटमा सरकारले प्राधिकरणलाई आन्तरिक स्रोतबाट १५ अर्ब रुपैयाँ मात्र बजेट छुट्ट्याएपनि विदेशी ऋण भने ४५ अर्ब रुपैयाँ दिने तयारी गरेको स्रोतको भनाई छ।

प्राधिकरणले त्यस्तो सहुलियतपूर्ण ऋणलाई प्रसारणलाइन निर्माण र केही जलविद्युत आयोजनामा पनि लगानी गर्ने छ। आन्तरिक बजेटबाट भने प्राधिकरणले सवस्टेशन स्तरोन्नती, ग्रामीण तथा सामुदायिक विद्युतीकरणका कार्यक्रम खर्च गर्नेछ।

ताजा समाचार

spot_img

थप समाचार