Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

मानसिक तनाव लिन चाहन्न भन्दै कंगनासँग भिड्न चाहेनन् ऋतिक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतविचको भिडन्त फेरि एकपटक टरेको छ । नायक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, यहि मितिमा नै नायिका कंगना रनावतको चलचित्र ‘मेन्टल हे क्या’ले समेत प्रदर्शन मिति तोकेपछि ऋतिक तनावमा आएका थिए ।

- Advertisement -

ऋतिकसँग चलचित्र जुध्ने भएपछि विशेषगरि, सामाजिक तल्लो स्तरका शब्द प्रयोग गरिएका गाली गलौज सुन्न थालिएको थियो । यही कुरालाई मध्यनजर राख्दै ऋतिकले यो मितिमा चलचित्र रिलिज नगर्ने घोषणा गरेका छन् । ऋतिकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘मेरो चलचित्र रिलिजका लागि तयार छ । तर, यो भिडन्तमा देखिएको मानसिक र निजी तनावबाट बच्नका लागि म मेरा निर्माता–निर्देशकलाई चलचित्रको रिलिज डेट पछि सार्न आग्रह गर्दछु ।’

ऋतिकले घुमाउरो शैलीमा विगत केही समयदेखि कंगनाको कारणले गर्दा आफूले अनावश्यक तनाव झेलिरहेको र त्यसले मानसिक रुपमा समेत तनाव भएको उल्लेख गरेका छन् । ऋतिकको यो चलचित्र जनवरी २५ मा नै रिलिज गर्ने तयारी गरिएको थियो । तर, सो समयमा पनि कंगनाको चलचित्र ‘मनिकर्णिका’का कारण उनी जुलाइमा सरेका थिए । तर, यसपटक पनि कंगनाका कारण हुने मानसिक तनावबाट बच्नका लागि उनले चलचित्रको रिलिज डेट सारेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार