काठमाडौँ । सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको संसद बैठकको सुरुमै सभामुख महराले दुई दिनअघिको संसद बैठकमा प्रयोग भएका अमर्यादिन शब्द हटाउन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
सभामुखको निर्देशन लगत्तै नेकपाका संसद खगराज अधिकारीले उक्त दिन प्रधानमन्त्रीले मात्रै नभएर अन्य माननीयहरले समेत अमर्यादिन शव्द प्रयोग गरेकाले ति शव्दहरु समेत हटाउन माग गरेका थिए । त्यसपछि सभामुख महराले अमर्यादित सबै शब्द हटाउन निर्देशन दिएको जवाफ दिएका थिए । सभामुखको उक्त निर्देशनपछि काँग्रेस सांसदहरुले संसद बैठक चल्न दिएका छन् ।
सभामुख महराले भने, “मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्री ज्युले स्पष्टिकरण तथा माननिय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु । ”
त्यसलगत्तै सभामुखले राष्ट्रपतिकोकार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । त्यसपछि अर्थमन्त्री डा युवराज खतिवडाले आ।व। २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव वाहेक० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । संसदीय व्यवस्थामा त्यस्ता भाषा प्रयोग भएमा संसदको रेकर्डबाट हटाउने प्रचलन छ । ‘सभामुखले त्यो भाषा हटाउन निर्देशन दिएकाले संसद चल्न दिएका हौ’ काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
गत बैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको सोही दिनको बैठक केहीबेर तनाबग्रस्त बनेको थियो ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि काँग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेपनि सभामुखले ध्यानाकर्षण भएको बताएका थिए । कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सीमा र मर्यादा हुन्छ भने पछि स्थिति थप तनावपुर्ण बनेको थियो । त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चलेको थियो ।