वीरगञ्ज, २७ वैशाख – पर्सा जिल्लाका सबै स्थानिय तहका न्यायिक पदाधिकारीहरुको क्षमता अभिवृद्धि विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । प्रदेश नं २ का मुख्य अधिवक्ताको कार्यालय, जनकपुरधामको आयोजनामा प्रशिक्षण दिइएको छ ।
वीरगञ्जस्थित वीरगञ्ज कलेजको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा पर्सा जिल्लामा रहेका सबै स्थानिय तहका न्यायिक समितीका संयोजक (उप मेयर), २ जना सदस्य र १ जना कर्मचारीलाई प्रशिक्षण दिइएको हो ।
प्रदेश नं २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाको सभापतित्वमा भएको प्रशिक्षणमा वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।
करिब ५० जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा न्यायधिवक्ता कार्यालय, प्रदेश नं २ का उप सचिव निधिनाथ निरौला रहेका थिए ।
साथै वीरगञ्ज कलेजका कानुन संकायका विधार्थीहरु प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।