आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

विप्लव कार्यकर्तालाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर

सिफारिस

रुकुम पश्चिम, २८ वैशाख – रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा रहेका छन् ।

उनलाई जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

- Advertisement -

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -