[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

IPL: दिल्लीको सपना चकनाचुर, चेन्नई ६ विकेटले विजयी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

- Advertisement -

उपाधिका लागि चेन्नईले आइतबार मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग नै हारेपछि चेन्नईले दोस्रो क्वालिफायर दिल्लीसँग खेल्नुपरेको हो । यी दुई टोलीले अहिलेसम्म तीन तीन पटक आईपीएल जितेका छन् । मुम्बईले २०१३, ०१५ र १७ मा उपाधि जितेको थियो भने चेन्नाईले सन् २०१०, ०११ र ०१८ मा उपाधि जितेको थियो ।

विसाखापट्टनममा भएको दोस्रो क्वालिफायरमा १४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५० -५० रनको पारी खेले । डुप्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चेन्नईका लागि सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । अम्बाती रायडु २० रनमा अविजित रहे ।

- Advertisement -

प्रतियोगिताका सर्वाधिक विकेट लिने बलर कागिसो राबाडा विश्वकपको तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीको बलिङ एकाएक कमजोर बनेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रनको स्कोर खडा गरेको थियो । राम्रो सुरुआत गर्न नसकेको दिल्लीका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका ऋषभ पन्तले सर्वाधिक ३८ रन जोडेका थिए । पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रीयास आयरले १३, शेरफान रथरफोर्डले १० रन जोडेका थिए । अन्तिम ओभरमाको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गरेका इशान्त शर्माले पनि १० रनको योगदान गरेका थिए । दिल्लीका ५ खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ चेन्नईका दीपक चहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले २–२ विकेट लिए ।

नेपाली युवा स्टार सन्दीप लामिछाने अनुबन्धित टोली दिल्ली क्यापिटल्सको पहिलो पल्ट फाइनलमा पुग्ने लक्ष्यमा चेन्नई बाधक बन्यो । चेन्नई भने योसँगै आईपीएलमा ८औँ पटक फाइनलमा प्रवेश गरेको हो ।

योसँगै सन्दीपका लागि पनि आईपीएल यात्रा यो सिजनका लागि सकिएको छ । यस सिजन सन्दीपले ६ खेल खेलेर ७ विकेट लिए । अघिल्लो सिजन ३ खेलमा ५ विकेट लिएका सन्दीपले आईपीएलमा अहिलेसम्म १२ विकेट लिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार