Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ ।

- Advertisement -

बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्बजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१ औं स्थानमा सूचीकृत भएको भएको हो ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशन, विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायत मुख्य सूचकहरुलाई आधार मानी सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्ककका आधारमा विश्वविद्यालयहरुको मुल्याङ्कन गरेको हो ।

- Advertisement -

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो ।

यसअघि गतवर्ष यहि संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मुल्याङ्कनमा विश्वका उत्कृष्ट हजारमा ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो ।
अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि हुने गरी स्तर निर्धारण प्रक्रियामा सहभागी गराएकोमा त्रिभुवन विश्वविद्यालयले द टाइम्स् हाइयर एजुकेशनप्रति आभार प्रकट गरेको छ।

विश्वविद्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो उपलब्धीबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन हामी क्रियाशिल रहनेछौं । हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगानशिलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हाषिल गर्नेछ ।’

विवि विश्वविद्यालयको र्यांकिङमा परेपछि विश्व प्राज्ञिक जगतमा त्रिविको महत्व थप बढेको भन्दै विश्वविद्यालयले थप भनेको छ, ‘त्रिविले हासिल गरेको अन्तर्राष्ट्रिय मान्यताबाट हाम्रा विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा थप पहुँच प्राप्त भएको छ । आजको विश्वव्यापीकरणको युगमा विश्वव्यापी प्रतिष्पर्धाका लागि, प्रतिष्पर्धात्मक अनुसन्धानका लागि समेत विश्वस्तरीय सूचीकरणको ठुलो भुमिका रहने र आधुनिक विश्वविद्यालयहरुको भाषामा विश्व विद्यालय र्यांकिङ निकै चल्तीको भाषा भएकाले यस विषयलाई गम्भीर रुपमा ग्रहण गर्दै भविष्यमा विश्वविद्यालयको सम्मान र उचाईका लागि हामी सबै सधैं इमान्दारीपूर्वक क्रियाशिल रही रहौं भन्ने आव्हान गर्न पनि चाहन्छौं ।’

ताजा समाचार

spot_img

थप समाचार