Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

पत्रकारको हकहितका लागि मिडिया विधेयक : मन्त्री बाँस्कोटा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने दाबी गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”

श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै मन्त्री बाँस्कोटाले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ ।
नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ, नियम कानून सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुप¥यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।”

ताजा समाचार

थप समाचार