Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ : देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् । आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ अघिबढेको भन्दै मिडिया काउन्सील सम्बन्धी विधेयकलाई फिर्ता गराउने बताए । उनले भने,‘यो प्रेस स्वतन्त्रतामाथिको कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

सरकारले संसदमा दर्ता गराएको प्रेस अभिव्यक्ति र स्वतन्त्रता विरोधी सवै विधेयकलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान निर्माणको सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संविधानको मर्म र मान्यतालाई आत्मसात गर्नेछ भन्ने अपेक्षा लिएको भए पनि सुुरुवाती वर्षमा प्रेस स्वतन्त्रमा विरोधी गतिविधि गरेको आरोप लगाए । उनले लोकतान्त्रिक मूल्यहरु क्रमशः खतरामा पर्दै गएको दाबी गरे ।

‘सुरुवाती वर्षमै प्रेस स्वतन्त्रता विरोधी गतिविधि सरकारले प्रस्तुत गर्‍यो । नागरिकको झिनो आशालाई खण्डित गर्‍यो । दोस्रो वर्षको सुरुवातीमै संविधान र मानव अधिकारले घोषणाले तय गरेका मान्यता विपरित प्रेस स्वतन्त्रतालई निस्तेज गरेको छ ।’ उनले भने, ‘पूर्ण प्रेस स्वतन्त्रा शब्दको अर्थ राज्यले कुण्ठित गर्न पाउँदैन भन्ने हो, तर संसदमा प्रस्तुत गरिएकोे मिडिया काउन्सिल विधेयक यसको प्रस्तावना विपरित छ ।’

प्रस्ताविध विधेयकमा मन्त्रालयको लाचार छायामा काउन्सील पर्ने अवस्था रहेको उनको भनाइ थियो । प्रेसलाई नियमन गर्ने संस्थाका प्रमुखले शरीमा पदमुक्तिको भय भुन्ड्याएर कसरी प्रेसलाई नियमन गर्न सकलान् रु भन्दै उनले प्रश्न गरे ।

पत्रकारले कहिलेपनि त्रुटी गर्न सक्दैन भन्ने अलौकिक कल्पना कांग्रेसले नगरेको भन्दै प्रवक्ता शर्माले समाचार लेखेकै भरमा लाखौं रकम तिर्नुपर्ने भयकाबीच पत्रकारले समाचार लेख्न नसक्ने बताए ।

नेपाली मिडियाले पनि लोकतन्त्रका लागि जेल, नेल र पसिन बगाएका भन्दै कांग्रेसले कम्युनस्टि पार्टीएको कृपाबाट संविधान र मिडिया प्राप्त नभएको जनाएको छ ।

ताजा समाचार

थप समाचार