Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

IPL:चेन्नाईलाई १ रनले हराउँदै मुम्बई मुम्बई च्याम्पियन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।

आइतवार भएको फाइनलमा चेन्नाईलाई १ रनले हराउँदै मुम्बई आइपीएल इतिहासमा चौथो पटक च्याम्पियन बनेको हो।

अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि ६ बलमा ९ रन चाहिएको थियो र क्रिजमा शेन वाट्सन ७६ र रविन्द्र जडेजा ४ रनमा खेलिरहेका थिए। तर लासिथ मालिंगाले बलिङ गरेको उक्त ओभरमा चेन्नाईले २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।

मालिंगा अन्तिम ओभरमा ९ रन डिफेण्ड गर्दै मुम्बईलाई १ रनको रोमाञ्चक जित दिलाए।

यस सिजन मुम्बईले चेन्नाईविरुद्ध खेलेको ४ वटै खेल समेत जित्यो।

यस उपाधिपछि मुम्बई सर्वाधिक ४ पटक आइपीएल जित्ने पहिलो टिम बनेको छ। जसमध्ये मुम्बईले तीन पटक फाइनलमा चेन्नाईलाई नै पारजित गरेको हो। मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि २०१५, २०१५ र २०१९ मा च्याम्पियन बनेको मुम्बईले एक वर्षको अन्तरमा उपाधि जित्दै आएको छ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम, हैदरावादमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४९ रन बनाएको थियो।

जवाफमा वाट्सनले ८० रन बनाएपनि चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनायो। अन्तिम ओभरमा वाट्सनको रनआउट चेन्नईको लागि महाँगो सावित बन्यो।

वाट्सनले ५९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै फाप डु प्लेसिसले २६ र ड्वाने ब्राभोले १५ रन जोडे।

चेन्नाईलाई लक्ष्यसम्म पुग्न नदिन मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै क्रुनल पाण्ड्या, मालिंगा र राहुल चाहरले १-१ विकेट लिए।

सुरुको ३ ओभरमा ४२ रन खर्चिएपनि मालिंगाले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १ विकेट लिएर खेल जिताए।

त्यसअघि मुम्बईका लागि किरण पोलार्डले २५ बलमा ३ चौका र ३ छक्कको मद्दतमा नटआउट ४१ रन बनाएपछि मुम्बईले १४९ रन बनाएको थियो। यस्तै क्वेन्टन डे ककले २९ तथा इशान किसानले २३ रन जोडे।

चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए। यस्तै शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।

ताजा समाचार

थप समाचार