आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

सरकारले हाम्रो इन्काउन्टर गर्न खोज्दैछ -विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नुवाकोटकी ११७ वर्षीया वृद्धा बाटुली लामिछानेबारे एक सामग्री छापेको अन्नपूर्णले आज प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको अन्तर्वार्ता प्रकाशित गरेको छ । अन्तवार्तामा चन्दले शीर्ष नेताहरुको हत्या योजनाबारेको आरोप अस्वीकार गरेका छन् । बरु राज्य आफूहरुको हत्या गर्न अग्रसर भएको उनको दाबी छ ।

- Advertisement -
‘शीर्ष नेताहरुको समेत हत्या योजना तपाईंहरुले पार्टी बैठकबाटै बनाउनु भयो रे नि ?’ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्– यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

विप्लवले भ्रष्टाचार, अनियमितता, करछलीलगायतका जनपक्षीय मुद्दा उठाएपछि आत्तिएर सरकारले प्रतिबन्धको घोषणा गरेको दाबी पनि गरेका छन् । यसबाट सरकार जनताको भन्दा पनि भ्रष्टाचारी, तस्कर, ठगको भएको पुष्टि भएको उनको जिरह छ । विप्लवले वार्ताबाट पार्टी नतर्सिएको र यसले समाधान दिन्छ भन्नेमा पनि विश्वस्त नरहेको जवाफ दिएका छन् ।

विप्लवले जरजस्ती कसैसँग चन्दा नलिएको स्पष्टीकरण पनि अन्तरवार्तामा दिएका छन् । उनले भनेका छन्– श्रमिक र जनताको धागो पनि लिनु हुँदैन र हामीले लिएका पनि छैनौं ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -