Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

सरकारले हाम्रो इन्काउन्टर गर्न खोज्दैछ -विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नुवाकोटकी ११७ वर्षीया वृद्धा बाटुली लामिछानेबारे एक सामग्री छापेको अन्नपूर्णले आज प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको अन्तर्वार्ता प्रकाशित गरेको छ । अन्तवार्तामा चन्दले शीर्ष नेताहरुको हत्या योजनाबारेको आरोप अस्वीकार गरेका छन् । बरु राज्य आफूहरुको हत्या गर्न अग्रसर भएको उनको दाबी छ ।

‘शीर्ष नेताहरुको समेत हत्या योजना तपाईंहरुले पार्टी बैठकबाटै बनाउनु भयो रे नि ?’ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्– यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

विप्लवले भ्रष्टाचार, अनियमितता, करछलीलगायतका जनपक्षीय मुद्दा उठाएपछि आत्तिएर सरकारले प्रतिबन्धको घोषणा गरेको दाबी पनि गरेका छन् । यसबाट सरकार जनताको भन्दा पनि भ्रष्टाचारी, तस्कर, ठगको भएको पुष्टि भएको उनको जिरह छ । विप्लवले वार्ताबाट पार्टी नतर्सिएको र यसले समाधान दिन्छ भन्नेमा पनि विश्वस्त नरहेको जवाफ दिएका छन् ।

विप्लवले जरजस्ती कसैसँग चन्दा नलिएको स्पष्टीकरण पनि अन्तरवार्तामा दिएका छन् । उनले भनेका छन्– श्रमिक र जनताको धागो पनि लिनु हुँदैन र हामीले लिएका पनि छैनौं ।’

ताजा समाचार

थप समाचार