जनकपुर — सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् । जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् ।
सेनाको हेलिकोप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिव ४५ मिनेट रहनेछिन् ।
मन्दिरमा विशेष पूजाअर्चनापछि राष्ट्रपति भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललेबताए ।
प्रदेश २ को सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएकाे छ ।
मुख्यमन्त्री राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै जानकी नवमीको दिन प्रदेश २ मा सार्वजनिक बिदादिइएको घोषणा गरेका थिए।