शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

कर्णाली प्रदेशसभाको वर्षे अधिबेशन जेठ १० गतेदेखि हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

३० बैशाख,
कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिबेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । गत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चौंथो अधिबेशन जेठ १० गते आहृवानका गर्न प्रदेश प्रमुख दूर्गाकेश खनाललाई सिफारिस गरेको हो ।
यस्तै बैठकले विभिन्न विधेकहरु तर्जुमाका लागि विषयगत मन्त्रालयहरुलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

- Advertisement -

आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी विधेयक तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिने, रसायन तथा रसायनिक विषदी नियन्त्रण विधेयक, पशु वधशाला तथा मासु जाँच विधेयक, माटो तथा मल व्यवस्थापन विधेयक (३०७६) तर्जुमाको लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।

द्वन्दपीडित राहात तथा उपचार सम्वन्धी कार्यविधि २०७५, कर्णाली प्रदेश पर्यटन वोर्ड गठन आदेश २०७६ र कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामाथि थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णयसमेत भएको छ ।

- Advertisement -

यस्तै, बैठकले डोल्पाको जगदुल्ला गाँउपालिकाको केन्द्र साविकको वडानम्बर २ काईगाँउबाट वडानम्बर ५ स्थित माझगाँउ भन्ने स्थानमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गरेको कर्णलि प्रदेशले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -