Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025
Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री राउत

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, बैशाख ३० – प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राष्ट्यि विभूति समेत रहनु भएकी माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने भएपनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको उल्लेख गर्नु भयो ।

 

- Advertisement -

माता सिताको जन्म प्रसंग बारे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाहरुको हितको लागि हलो समेत चलाउनु भएको उहाँको ती महान कार्यबाट आजको राजनेताहरुले प्रेरणा लिनु पर्ने बताउनु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ को विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा आगाडी बढेको उल्लेख गर्नु भयो ।

उहाँले यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने गरि जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र अगामी आर्थिक वर्षमा प्रदेश भित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराउनु भयो ।

ताजा समाचार

थप समाचार