मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
18.1 C
Kathmandu
26.6 C
Birgunj

एभिन्युजका पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की

सिफारिस

वीरगञ्ज, ३० वैशाख – एभिन्युज टेलिभिजनमा गएराति प्रसारित कार्यक्रम सकसका प्रस्तोता सुरेन्द्र पाण्डेलाई ज्यान मार्ने धमकी दिइएको जनाइएको छ । ९८५१००५१८० को नम्बरबाट ज्यान मार्ने धम्की आएको एभिन्युज खबरले जनाएको छ ।

- Advertisement -

कार्यक्रम सकस को गएराति प्रसारित अंशमा उपप्रधान तथा स्वास्थमन्त्री उपेन्द्र यादवले प्रस्तोताको प्रश्नको जबाफ नदिई कार्यक्रमको बिचमै माईक फुकालेर बिचमै अन्तवार्ता छोडेर हिँडेपछि आम सञ्चारमाध्यममा व्यापक आलोचना भईरहेको छ । एभिन्युजबाट प्रसारित यस अन्तवार्ताको विषयलाई लिएर आक्रोषित समाजवादी पार्टिका कार्यकर्ताले आज एभिन्युज ब्युरो कार्यालय वीरगञ्जमा तोडेफोड समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ र प्रेस काउनसिलले घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद काफ्लेले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै आक्रमणकारी पक्षले क्षमायाचना गर्नुपर्ने र क्षतीपुर्ती उपलब्ध गराउनुपर्ने बताए । बेलाबेलामा नेपाली मिडियामाथि हुने आक्रमणले नेपालमा प्रेस स्वतन्त्रता संकुचित बन्दै गएको उनको भनाई छ ।

- Advertisement -

तत्कालिन संघीय समाजवादी पार्टि नेपालबाट वडाअध्यक्षमा निर्वाचित तुफान अंसारीको नेतृत्वमा युवा नेता निखिल वर्णवाल सम्मीलित समुहले वीरगञ्ज कार्यालयमा तोडफोड गरेका बुझिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार