Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

उपप्रधानमन्त्री यादवको अन्तर्वार्ताबारे बाबुराम भट्टराईले भने – केही मिडियाकर्मी असनको साँढेजस्तो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा उपेन्द्र यादवले केही मिडियाकर्मी असनको साँढे जस्तो बनेको टिप्पणी गरेका छन् । आइतबार साँझ सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति लक्षित गर्दै डा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्ता समेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् ।

ताजा समाचार

थप समाचार