Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीको छापा, करिब २ सय ५० बोरा केराउ बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिपक चौरसिया / पर्सा ३० बैशाख – पर्साका बिभिन्न स्थानबाट ब्यापक रुपमा प्रहरीकै मिलेमतोमा तस्करी बढ्न थालेपछि महानिरिक्षक सर्वेन्द्र खनालको निर्देशनमा प्रहरीले छापा मारी करीब २ सय ५० बोरा केराउ बरामद गरेकोे छ ।
बिगत केही दिनदेखि पर्साबाट स्थानियदेखी प्रदेश प्रहरी समेतको सहयोगमा तस्करी बढेको बारे समाचार बिभिन्न संचार माध्यममा प्रकाशित हुन थालेपछि आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीले छापा मारी गरेको हो ।

- Advertisement -

नेपाल र भारतको खुल्ला सीमा नाकाको कारण प्रहरीको चुनौती थपिएको भएतापनि स्थानिय तथा प्रदेश प्रहरीले कमाई खाने भाडो बनाएपछि आईजीपि खनालले यसतर्फ ध्यान केन्द्रित गर्नुभएको हो ।

प्रदेश नम्बर २ मा बढ्दै गएको तस्करी र अपराधि क्रियाकलापमा संलग्न भएका प्रहरीहरुलाई कानुनको दायरामा लिएर आउने समेत आईजीपि खनालले बताउनुभयो ।
आईजीपि खनालको निर्देशनपछि वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी सुखाडी सहनी र गौरी सहनीको गोदाममा पर्सा प्रहरीले छापामारी गरेको छ । आइतवार राति करिब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ता लगायतका प्रहरीहरुले संयुक्त रुपमा छापामारी गरेका हुन ।
प्रहरीको छापामारीबाट करिब १ सय ५० बोरा केराउ भण्डारण गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसपश्चात पर्सा प्रहरीले पुनः अलौमा छापामारी १ सय ६ बोरा केराउ नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार