Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीको छापा, करिब २ सय ५० बोरा केराउ बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिपक चौरसिया / पर्सा ३० बैशाख – पर्साका बिभिन्न स्थानबाट ब्यापक रुपमा प्रहरीकै मिलेमतोमा तस्करी बढ्न थालेपछि महानिरिक्षक सर्वेन्द्र खनालको निर्देशनमा प्रहरीले छापा मारी करीब २ सय ५० बोरा केराउ बरामद गरेकोे छ ।
बिगत केही दिनदेखि पर्साबाट स्थानियदेखी प्रदेश प्रहरी समेतको सहयोगमा तस्करी बढेको बारे समाचार बिभिन्न संचार माध्यममा प्रकाशित हुन थालेपछि आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीले छापा मारी गरेको हो ।

नेपाल र भारतको खुल्ला सीमा नाकाको कारण प्रहरीको चुनौती थपिएको भएतापनि स्थानिय तथा प्रदेश प्रहरीले कमाई खाने भाडो बनाएपछि आईजीपि खनालले यसतर्फ ध्यान केन्द्रित गर्नुभएको हो ।

प्रदेश नम्बर २ मा बढ्दै गएको तस्करी र अपराधि क्रियाकलापमा संलग्न भएका प्रहरीहरुलाई कानुनको दायरामा लिएर आउने समेत आईजीपि खनालले बताउनुभयो ।
आईजीपि खनालको निर्देशनपछि वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी सुखाडी सहनी र गौरी सहनीको गोदाममा पर्सा प्रहरीले छापामारी गरेको छ । आइतवार राति करिब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ता लगायतका प्रहरीहरुले संयुक्त रुपमा छापामारी गरेका हुन ।
प्रहरीको छापामारीबाट करिब १ सय ५० बोरा केराउ भण्डारण गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसपश्चात पर्सा प्रहरीले पुनः अलौमा छापामारी १ सय ६ बोरा केराउ नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार