Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

सरकारद्वारा एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख —प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई न्युनतम् १ महिनाको रोजगारी दिनुपर्नेछ ।

- Advertisement -

हालसम्म सरकारले यो सूचीमा एक लाख भन्दा बढी बेरोजगारलाई समेट्न सकेको छ । पूर्वाधार तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत भएका बेरोजगारलाई यस्तो सुविधा दिन लागिएको हो ।

यो वर्ष कार्यक्रम कार्यान्वनय समयमै गर्न नसक्दा न्यनतम् सय दिनको रोजगारी उपलब्ध गराउन नसक्ने अवस्था भएको छ । यसैका कारण यो वर्ष अबको दुई महिनाभित्रै सरकारले बेरोजगार सूचीमा सूचीकृत युवालाई न्यनतम् ३० दिनको रोजगारी दिने गरी रकम निकासा गरेको हो । यो कार्यक्रमका लागि सरकारले छुट्टै कार्य्विधि पनि पारित गरिसकेको छ । रोजगारी सिर्जनाका लागि एउटा स्थानीय तहले एउटा विकास आयोजनामा अधिकतम् ५ लाखसम्म खर्च गर्न पाउनेछन् ।

- Advertisement -

यो कार्यक्रमले सूचीकृत बेरोजगारलाई स्थानीय विकास तथा पूर्वाधार आयोजनामा काम दिलाएर ज्यालाबपात अल्पकालीन रोजगारी दिन्छ । डोजरलगायतका ‘हेभी इक्वीपमेन्ट’ प्रयोग गरिने आयोजनामा भने यो रकम खर्चिन पाइने छैन । स्थानीय क्षेत्रमा युवालाई रोजगारी दिने गरी यो अनुदानको उपयोग गर्नुपर्नेछ ।

एउटा आयोजनामा खर्च हुने रकमको ७० प्रतिशत रकम ज्यालाबापत युवालाई भुक्तानी गर्न सकिने छ । स्थानीय तहले सडक, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्र, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, निर्माण तथा मर्मतसम्भार, कृषि तथा सिँचाइ लगायतका आयोजनामा रोजगारी सिर्जना गर्ने गरी यो अनुदान खर्च गर्न सकिनेछ ।

हाल पठाइएको अनुदान रकम आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने छ । बेरोजगारको सूचीकरणका लागि आवेदन दिन आज अन्तिम दिन तोकिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार