शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

फास्ट ट्र्याकको नयाँ डीपीआर तयार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्धा्रित ७६ दशमलव २ किलोमिटर लाई ७२ दशमलव ५ किमीमा छोट्याएर कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सी लिमिटेडले डीपीआर तयार पारेकोे हो ।

- Advertisement -

नेपाली सेनाले गत असोजमा उक्त कम्पनीलाई डीपीआर बनाउने जिम्मा दिएको थियो । कम्पनीले डीपीआर तयार गरी सेनालाई गत फागुनमा हस्तान्तरण गरेको थियो । त्यसबारे गत फागुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइएको र चैत ५ मा रक्षा मन्त्रालयमा डीपीआरको नीतिगत स्वीकृतिका लागि पेश गरिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । मन्त्रालयबाट नीतिगत स्वीकृित आएपछि डीपीआर अनुसारको निर्माणका लागि टेन्डर आह्वान गरिने उहाँले बताउनुभयो ।

नयाँ डीपीआर अनुसार फास्ट ट्र्याकमा तीनओटा सुरुङमार्ग र ८७ ओटा पुल निर्माण हुने भएका छन् । कुल ६ दशमलव ४१ किमीका तीन सुरुङमार्ग मकवानपुरका महादेव डाँडा (३ दशमलव ३५ किमी), भेद्रे खोला (१ दशमलव ६३ किमी) र लेन डाँडा (१ दशमलव ४३ किमी)मा बन्ने पाण्डेले जानकारी दिनुभयो ।
चार लेनको फास्ट ट्र्याक सडक एशियाली ‘हाई स्ट्यान्डर्ड’को हुनेछ । सैनिक प्रवक्ता पाण्डेका अनुसार डीपीआरमा लागत मूल्यसमेत संशोधन भई केही प्रतिशत बढेको छ । यसअघि कुल रू. १ खर्ब १२ अर्बको लागत उक्त आयोजना हुने प्रारम्भिक अनुमान गरिएको थियो । नयाँ लागत भने सेनाले सार्वजनिक गरेको छैन ।

- Advertisement -

पाण्डेका अनुसार ८७ ओटा पुल निर्माण गर्न ६ ओटा निर्माण कम्पनी छनोट गरिएको छ भने डीपीआर स्वीकृत भएपछि टेन्डर आह्वान गरिनेछ । आगामी आर्थिक वर्ष २०७६÷७७ मा मात्रै सुरुङमार्ग र पुलको टेन्डर गरिने छ ।

फास्ट ट्र्याकबाट प्रभावितमध्ये हालसम्म ९६ प्रतिशतले मुआब्जा पाइसकेको सेनाले बताएको छ । जंगीअड्डाका अनुुसार ललितपुरको खोकनाका प्रभावित बासिन्दालाई मात्र मुआब्जा दिन बाँकी रहेको छ ।

अहिले सेनाले फास्ट ट्र्याकको रूटमा १० स्थायी र एउटा अस्थायी क्याम्प खडा गरी निर्माण अगाडि बढाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -