Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

उडिरहेका दुई जहाज आकाशमै जुधे, कम्तिमा ५ यात्रुको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अलास्का, बैशाख ३१ – अलास्काको आकाशमा दुई जहाज जुधेका छन्। हावामा दुई जहाज ठोक्किँदा कम्तिमा पनि ५ जना यात्रुको ज्यान गएको छ। यो घटनामा १० जना अन्य घाइते भएका छन्। घटनापछि एकजना बेपत्ता छन्। दुई जहाज सि प्लेन (पानीमा उत्रिन सक्षम) थिए। दुवैमा रोयल प्रिन्सेस क्रुजका यात्रु सवार थिए।

यहाँ घुम्न आएका उनीहरुलाई हवाई सयर गराउने क्रममा दुर्घटना भएको हो। अमेरिकन स‌ंघीय नागरिक प्रशासनका अनुसार कुन केव इलाका नजिकै द हेविल्यान्ड डिएचसी-२ बिवर र द हेविल्यान्ड अटर डिसी-३ विमान ठोक्किएका हुन्।

दुर्घटनाको कारण खुलेको छैन। बिवरमा ५ र अटरमा ११ जना सवार थिए। बिवरमा सवार सबै यात्रुको ज्यान गएको थियो। एटीसीको सम्पर्क बाहिर एफएएका अनुसार दुर्घटनका बेला दुवै जहाज एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सम्पर्कमा थिएनन्। नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले यसको जाँच थालेको छ।

प्रिन्सेस क्रुजका तर्फबाट निकालिएको विज्ञप्तिमा घाइते १० यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ। समाचार अनुसार यो दुर्घटनका बेला बाक्लो बादल लागेको थियो।

बादलसँगै प्रतिघण्टा १४ किमि प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो। क्रुजका अधिकारीले यो घटनाबाट आफूहरु स्तब्ध भएको बताएका छन्।

घाइतेहकरुको उपचारमा कम्पनीले सहयोग गर्ने भएको छ।  रोयल प्रिन्सेस शनिवार भ्यान्कुबरबाट हिँडेको थियो। यो १८ मे भित्र एङ्कोरेज पुग्नुपर्ने थियो।

ताजा समाचार

थप समाचार