Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ ।

प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँदिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आइपुगिन् ।

दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एक जनाले द्वारकाबाट जान्छ भनेपछि उनी द्वारका पुगिन् । द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन् ।

पसलेले उनलाई मुम्बईमा पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो । साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैनभन्दै आफ्नो कोठामा जान अनुरोधगर्‍यो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपमा प्रस्तुत भएको व्यक्ति नै केहीबेरमाभक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपछि उसले बलात्कार गर्‍यो ।

प्रहरीका अनुसार आफूले बलात्कार गरेपछि उसले अन्य तीन साथीलाई बोलायो र उनीहरूलेपनि बलात्कार गरे ।

बलात्कारपछि घटनाबारे कसैलाई बताए मार्ने धम्कीसमेत उनीहरूले दिएको महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुख्य अभियुक्तले ‘मुम्बईमा तेरो को छ ?’ भन्दै सोधेपछि उनले दाजुलाई भेट्न जान लागेको बताएकी थिइन् । उसकै फोनबाट मुम्बईमा रहेका आफ्ना दाजुसँग कुरा गराएकी थिइन् । त्यतिबेलासम्म महिलाका दाजुलाई घटनाबारे केही थाहा थिएन ।

मुख्य अभियुक्तका साथीहरूले उनलाई अटोरिक्सामा चढाएर दिल्ली स्टेसन पुर्‍याए र मुम्बई जाने रेलमा चढाइदिए । १३ तारिख राति मुम्बई पुगेपछि मात्र उनले घटनाबारे दाजुलाई बताइन् ।

भोलिपल्ट दुवै जना नजिकैको ओसिवारा पुलिस थानामा गएर घटनाबारे जानकारी गराए । उनीहरूले दिएको विवरण आधारमा प्रहरीले एफआईआर दर्ता गरेको हो । स्रोतका अनुसार घटना दिल्लीमा भएकाले मुम्बई प्रहरीले एफआईआर दिल्लीको द्धारका उत्तर प्रहरी थानालाई पठाइसकेको छ ।

प्रहरी स्रोतका अनुसार पीडित महिलाको दाजुसँग भएको फोन सम्पर्ककै आधारमा घटनामा संलग्न मुख्य अभियुक्तको नाम र ठेगाना पहिचान भइसकेको छ । थप अनुसन्धानका लागि पीडित महिलालाई दिल्ली ल्याउने तयारी भइरहेको बताइएको छ ।

दिल्लीमा नेपाली महिलाको सामूहिक बलात्कार यो पहिलो भने होइन । यसअघि सन् २०१३ मा पनि दिल्लीमै अर्की एक नेपाली महिलाको सामूहिक बलात्कार भएको थियो । दिल्लीको साउथ एक्सटेन्सन नजिकबाट अपहरित ती महिलालाई तीनजना व्यक्तिले सामूहिक बलात्कारपछि नजिकैको फ्लाइओभरमा छाडेका थिए । सन् २०१२ मा २३ वर्षीय युवती ज्योति पाण्डेको सामूहिक बलात्कार भएको थियो ।

पाण्डेको उपचार क्रममा सिंगापुरमा निधन भएपछि महिला र बालबालिकाविरुद्ध हुने बलात्कार र यौद दुव्र्यवहारविरुद्ध भारतभरि नै आक्रोश व्यक्त भएको थियो । पछि उक्त घटना निभर्या काण्डका रूपमा चर्चित बन्यो र घटनाका अभियुक्तहरूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

ताजा समाचार

थप समाचार