मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ ।

- Advertisement -

प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँदिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आइपुगिन् ।

दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एक जनाले द्वारकाबाट जान्छ भनेपछि उनी द्वारका पुगिन् । द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन् ।

- Advertisement -

पसलेले उनलाई मुम्बईमा पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो । साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैनभन्दै आफ्नो कोठामा जान अनुरोधगर्‍यो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपमा प्रस्तुत भएको व्यक्ति नै केहीबेरमाभक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपछि उसले बलात्कार गर्‍यो ।

प्रहरीका अनुसार आफूले बलात्कार गरेपछि उसले अन्य तीन साथीलाई बोलायो र उनीहरूलेपनि बलात्कार गरे ।

बलात्कारपछि घटनाबारे कसैलाई बताए मार्ने धम्कीसमेत उनीहरूले दिएको महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुख्य अभियुक्तले ‘मुम्बईमा तेरो को छ ?’ भन्दै सोधेपछि उनले दाजुलाई भेट्न जान लागेको बताएकी थिइन् । उसकै फोनबाट मुम्बईमा रहेका आफ्ना दाजुसँग कुरा गराएकी थिइन् । त्यतिबेलासम्म महिलाका दाजुलाई घटनाबारे केही थाहा थिएन ।

मुख्य अभियुक्तका साथीहरूले उनलाई अटोरिक्सामा चढाएर दिल्ली स्टेसन पुर्‍याए र मुम्बई जाने रेलमा चढाइदिए । १३ तारिख राति मुम्बई पुगेपछि मात्र उनले घटनाबारे दाजुलाई बताइन् ।

भोलिपल्ट दुवै जना नजिकैको ओसिवारा पुलिस थानामा गएर घटनाबारे जानकारी गराए । उनीहरूले दिएको विवरण आधारमा प्रहरीले एफआईआर दर्ता गरेको हो । स्रोतका अनुसार घटना दिल्लीमा भएकाले मुम्बई प्रहरीले एफआईआर दिल्लीको द्धारका उत्तर प्रहरी थानालाई पठाइसकेको छ ।

प्रहरी स्रोतका अनुसार पीडित महिलाको दाजुसँग भएको फोन सम्पर्ककै आधारमा घटनामा संलग्न मुख्य अभियुक्तको नाम र ठेगाना पहिचान भइसकेको छ । थप अनुसन्धानका लागि पीडित महिलालाई दिल्ली ल्याउने तयारी भइरहेको बताइएको छ ।

दिल्लीमा नेपाली महिलाको सामूहिक बलात्कार यो पहिलो भने होइन । यसअघि सन् २०१३ मा पनि दिल्लीमै अर्की एक नेपाली महिलाको सामूहिक बलात्कार भएको थियो । दिल्लीको साउथ एक्सटेन्सन नजिकबाट अपहरित ती महिलालाई तीनजना व्यक्तिले सामूहिक बलात्कारपछि नजिकैको फ्लाइओभरमा छाडेका थिए । सन् २०१२ मा २३ वर्षीय युवती ज्योति पाण्डेको सामूहिक बलात्कार भएको थियो ।

पाण्डेको उपचार क्रममा सिंगापुरमा निधन भएपछि महिला र बालबालिकाविरुद्ध हुने बलात्कार र यौद दुव्र्यवहारविरुद्ध भारतभरि नै आक्रोश व्यक्त भएको थियो । पछि उक्त घटना निभर्या काण्डका रूपमा चर्चित बन्यो र घटनाका अभियुक्तहरूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार