शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

ठोरी गाउँपालिकाले सेनेटरी प्याड बनाउने तालिम सन्चालन

सिफारिस

 महिनावारी हुँदा छात्राहरुलाई विद्यालयमा समस्या हुने क्रम बढ्न थालेपछि पर्साको ठोरी गाउँपालिकाले सेनेटरी प्याड बनाउने तालिम सन्चालन गरेको छ।ठोरी ४ घ्याङडाडामा रहेको ज्ञान ज्योति विद्यालयमा आजदेखि सुरु तालिम भोलिसम्म सन्चालन हुने आयोजक गाउँपालिका कार्यालयले जनाएको छ।युनिसेफको सहयोगमा संचालित तालिमको गापा अन्तरगतको स्वास्थ्य शाखाले संयोजन गरिरहेको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिए। ठोरीका ११ ओटा माध्यमिक र आधारभुत बिद्यालयका एक/एक जना शिक्षिका र विद्यार्थीको सहभागीता रहेको तालिमको एक कार्यक्रमकाबीच ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले उद्घाटन गरेका छन् । अध्यक्ष श्रेष्ठले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महिनावारी हुँदा छात्राहरूलाई विद्यालयमा असाध्यै असहज हुने गरेका बताउँदै त्यस्ता समस्या समाधान गर्न विद्यालयहरुले समेत ध्यान दिनुपर्नेमा जोड दिए ।उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न र आआफ्नो विद्यालयम गएर सेनेटरी प्याडको सहज प्रयोगको वातावरण निर्माण गर्न सहभागीहरुसंग अनुरोध गरे।कार्यक्रममा निमित्त प्रमुख प्रशाशकीय अधिकृत धर्मराज थापा,पत्रकार लालबाबु बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -