वीरगन्ज, ४ जेठ
किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खा जातिले शनिबार आफ्नो समुदायको मुख्य पर्व उभौली पर्व मनाउँदैछन् ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने परम्परा रहिआएको छ ।
सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि रहेको छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।
उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाण्डौ उपत्यकामा पनि विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।