बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

निगमले घटाएको मुल्य कार्यन्वयन भएन, उपभोक्ता ठगिन बाध्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य शुक्रवार राति १२ बजेबाट लागु हुने गरी घटाएपनि कतिपय पेट्रोल पम्पहरुले पुरानै मुल्यमा बेचिरहेको पाइएको छ ।

- Advertisement -

बीरगंज लगायत देशभरकै कतिपय पेट्रोल पम्पहरुले बढाएको मुल्य बढाएकै दिनदेखि लागु गरेपनि घटाएको मुल्य भने कार्यन्वयन नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन ।

निगमले पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँ घटाएको थियो ।

- Advertisement -

पेट्रोलियम पदार्थको मुल्य घटाउन चौतर्फी रुपमा दबाब आएपछि निगमले उपभोक्तालाइ राहत होस भनेर मुल्य समायोजन गरेपनि त्यसको अनुगमन नहुँदा सर्बसाधारण उपभोक्ता ठगिन बाध्य भएका छन् ।

समायोजन भएको मुल्य कार्यन्वयन भएको छ कि छैन भन्ने बिषयमा सम्बन्धित निकायले अनुगमन नगर्दा उपभोक्ताहरु मारमा परेर पुरानै मुल्यमा पेट्रोलियम पदार्थ उपभोग गरिरहेका छन् ।

फलस्वरुप समायोजन भएको मुल्य कार्यन्वयन गर्नका लागि सम्बन्धित निकायले कडा भन्दा कडा कानुन बनाएर अनुगमन तथा निरिक्षण गर्न आम उपभोक्ताले माग गरेका छन् ।
यसका साथै कार्यन्वयन नगर्ने तथा कानुन बिपरित बिभिन्न किसिमका मिसावट युक्त पेट्रोलियम पदार्थको बिक्रि बितरण गर्ने माथि कारवाही गर्नुपर्ने पनि उपभोक्ताहरुको माग छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -