काठमाडौँ । लोकसभा चुनावको प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न लागेका छन् । शनिबार बिहानै उत्तरखण्डमा पुगेका मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् ।
ध्यान कुटियाु नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो ।
उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिक्काटिप्पणीहरु आइरहेका छन्। भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदै छ।