बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

विकासको एजेन्डामा सत्तापक्ष र प्रतिपक्ष एक जुट हुनुपर्छ : प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नुवाकोट । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासको एजेन्डामा सत्तापक्ष र प्रतिपक्ष एक जुट भएर जान चाहेको बताएका छन् । उनले विकासमा सत्ता पक्ष र विपक्ष नहुने बताए ।

- Advertisement -

शनिवार नुवाकोटमा आयोजित कार्यक्रलाई सम्बोध गर्दै प्रचण्डले नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि यसअघि भएका ऐन कानूनको संशोधन गर्न जरुरी भएको बताए ।

उनले ठेकेदारका कारण विकास निर्माणको काममा अवरोध सिर्जना भइरहेको भन्दै गलत गर्ने ठेकेदारहरुलाई कारवाही गर्नुपर्ने बताए ।

- Advertisement -

आफू ठेकेदारको घरमा गएर बसेको प्रसंग आउने गरेको भन्दै प्रचण्डले त्यसलाई प्रस्टाउन खोजे । ‘ठेकेदार कम्पनीले कहाँ कहाँ ठेक्का पाएको छ भनेर म बस्न गएको पनि होइन र म गएपछि ठेक्का पाएको होइन’ प्रचण्डले भने,‘ सरकारले कडा कदम चालेर ठेकेदारलाई ठिक ठाउँमा राखोस् भन्न चाहन्छु ।’

नीति कार्यक्रम अघि आफूले प्रधानमन्त्री ओलीसँग यसबारे कुरा गरेको र यी विषय नीति तथा कार्यक्रममा समावेश भएको प्रचण्डको भनाइ थियो ।

‘विकास निर्माणका आकांक्षा र जनताका सपना लथालिंग हुसने खतरा छ,’ प्रचण्डले भने,‘खरिद ऐनका कारण पूँजिगत खर्च हुन सकेन र अर्बौं पैसा फ्रिज भएर जाने जुन पीडा भोगेका छौं त्यसको अन्त्यका लागि खरिद ऐनमा सुधार गर्न जरुरी छ ।’

ठेक्का प्रणालीका कारण ठेकेदारले लाखौं, करोडौं र अर्बौं रकम केही वर्षमा कमाउने र जनताले चाहिँ सधै पीडा भोग्ने कुराको अन्त्य नभएसम्म विकास निर्माण हुन नसक्ने प्रचण्डको भनाइ थियो ।

काम हुनु भन्दा अघि नै धेरै प्रतिशत पैसा ठेकेदारलाई दिने परिपाटीले गर्दा समस्या उत्पन्न भएको प्रचण्डको भनाइ थियो । ‘काम अघि नै ठेकेदारलाई २० प्रतिशत रकम दिने गरिएको छ जसलाई लगेर उसले जग्गा किनेर अर्बौं कमाउने गरेको छ ।’

‘म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन’ प्रचण्डले भने,‘ ६ र८ ओटा ठेकेदार कम्पनीले दशमा धेरै ठेक्का हात पार्छन् ।’ कुन नेतालाई र कर्मचारीलाई के भनेर ठेक्का हात पार्न पाइन्छ भन्ने ठेकेदारहरुलाई राम्रो संग थाहा भएको भन्दै प्रचण्डले त्यस कारण यो प्रणालीलाई फेर्न जरुरी भएको तर्क गरे ।

अब नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि हिजोका ऐन कानूनमा संशोधन जरुरी भएको उनको भनाइ थियो ।

ठेकेदारलाई धारे हात लगाएर मात्र मुक्ति नपाइने भन्दै प्रचण्डले राज्य र सरकारले पनि भूमिका खेल्नु पर्ने बताए ।

विदेशी लागनीकर्ताहरु नेपालमा आएपनि प्रणालिगत ढिलासुस्तीका कारण उनीहरु एक दुई वर्षमा नै निराश भएर फर्कने गरेको प्रचण्डको भनाइ थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार