Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

सिके राउतको पार्टीद्वारा मुख्यमन्त्रीको कार्यालय घेराउ, छोटे राजाहरुले भ्रष्टचार गरेको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो ।
शनिबार जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको ¥याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको मुलद्वार अगाडी पुगेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो ।

प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरुमाथि नै अंकुश लगाउनका लागि १ करोड रुपैयाँसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको जनमत पार्टीका संयोजक डा। सिके राउतले बताए ।

अध्यक्ष राउतले अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरु छोटे राजा बनेको आरोप लगाए । बुद्ध जयन्तीको अवसर पारेर आयोजित राजनैतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक राउतले जनप्रतिनिधिहरु शासकको दम्भमा अराजक रुपमा भ्रष्टमा लिप्त हुँदै गएको बताए ।

राउतले जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको बताए । जनप्रतिनिधिहरुले नै भ्रष्टाचार गर्न कर्मचारीहरुमाथि दबाब दिने गरेको राउतको दाबी छ ।

मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको भन्दै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनले बताए । तर नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको राउतले बताए ।

प्रदेश सरकारप्रति आक्रामक हुँदै संयोजक राउत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देखवाटी मात्र रहेको बताए । ‘प्रदेश सरकारको यो अभियान देखबा मात्र हो,’ राउतले भने, ‘वास्तवमै सरकारले यस्तो अभियान चलाएको हो भने प्रदेश नम्बर २ का १ लाख ९० हजार बालबालिका किन विद्यालय पुग्न सकेको छैन् ।’

ताजा समाचार

थप समाचार