Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

उपाधि जितमा म्यानचेस्टर सिटीको ह्याट्रिक, एफ ए कपको उपाधि पनि सिटीले जित्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी सिटीले एफए कपको उपाधि जितेको हो ।

जितसँगै म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलोपटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जेससले २–२ गोल गरे ।

पूरै सिजन प्रभावशाली देखिएको म्यानचेस्टर सिटीले वाटफोर्टविरुद्ध पनि एकपक्षीय हाबी भयो । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो ।

२६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा ३–० को अग्रता कायम गर्ने क्रममा जेसस र बर्नान्डो शिल्भाले गोल गरे । दोस्रो हाफमा स्टर्लिङले २ गोल गर्दा जेससले १ गोल थपे ।

म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक । सन् २०१६ मा म्यान्चेस्टर आएयता ग्वार्डिओलाले सिटीलाई ६ उपाधि दिलाएका छन् । तर उनी सिटीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन तल्लीन देखिन्छन् ।

ताजा समाचार

थप समाचार