पक्राउ परेका ४ जनालाई पर्सा प्रहरीले ग¥यो सार्बजनिक

spot_img

बीरगंज, ५ जेठ — जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न गैरकानुनी गतिविधिमा संलग्न ४ जनालाई आइतवार सार्बजनिक गरेको छ ।

शनिबार पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा न. १६ का २६ वर्षीय अतुल्लाह देवान, वडा नं. २४ का २९ वर्षीय आतिश द्विवेदी, वडा नं. २५ का २३ वर्षीय रमेश कुमार तुरहा र वडा नं. २ का ३८ वर्षीय फैयाद हुसेनलाई आइतवार सार्बजनिक गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सियाबाट ना.४० प.२०७२ नं. को मोटरसाइकल र साइकलमा ८ बोरा केराउ अवैध रुपमा भारततर्फ लैजाँदै गर्दा देवान र द्विवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

वीरगञ्जको भकुवाबाट ना २ ह १६६२ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याउँदै गरेका सिन्दुर राख्ने बट्टा २ बोरा र त्यसको खोल १ बोरा सहित रमेश कुमार तुरहालाई नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका १, छपकैयाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५४४ मिटर सर्टको कपडा सहित फैयाद हुसेनलाइृ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई समानसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मान बहादुर राइले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय