spot_img

उत्पादक क्षेत्रमा लगानि बढाउन मुख्यमन्त्रि राउतको आग्रह

spot_img
spot_img

बीरगंज, ५ जेठ — प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताउनु भएको छ ।
एनआइसी एसिया बैंकको जनकपुर स्थित पिराडी चौक शाखाको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिनु भएको छ । अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गर्नु भएको छ ।
एनआइसी एसिया बैंक पिराडी शाखाका प्रवन्धक जितेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा नीति आयोगका सदस्य डा. सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारलगायतको सहभागिता रहेको मुख्यमन्त्रिका स्वकिय सचिब दिपक यादबले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय