spot_img

उखुको भुक्तानी नदिएपछि सर्लाहीका उखु किसान रिले अनसनमा

spot_img
spot_img

बीरगंज, ५ जेठ —  उद्योगले बिक्री गरेको उखुको भुक्तानी नदिएपछि सर्लाहीका उखु किसान आइतबारदेखि रिले अनसनमा बसेका छन् ।

७२ घण्टा भित्र भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाएको ज्ञापनपत्रबाट कुनै सुनवाई नभएपछि किसान पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार सर्लाही सदरमुकाम मलंगवाको सहिद चौकमा रिले अनसनमा बसेका छन्।
भुक्तानीको माग गर्दै किसानले वैशाख ३१ गते जिल्ला प्रशासन कर्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका थिए । ३ शुत्रीय माग राख्दै किसान रिले अनसनमा बसेको आन्दोलनको नेतृत्व गरेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रीय सह महामन्त्री राकेश मिश्रले जानकारी दिनुभयो ।
पहिलो दिन १० जना किसान रिले अनसनमा बसेका छन् । आफूहरुको मागमा कुनै सुनवाई नभए अनिश्चितकाल सम्म अनसनमा बस्ने मिश्रले बताउनुभयो । रिले अनसनबाट पनि कुनै सुनवाई नभए बजार बन्द गराउने र चक्का जाम समेत गर्ने किसानको अडान छ ।

उखु किसानको भुक्तानी तुरुन्त गर, बलजफ्ती उद्योगद्वारा कायम गरिएको प्रति क्वीन्टल ५ सय रुपैयाँ खारेज गरी नेपाल सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैयाँ २८ पैंसा कायम गर र उखुको तौलमा प्रति क्वीन्टल २० प्रतिशतसम्म ढालटा (जर्ती) को नाममा काटिएको रकम समेतको पैसा भुक्तानी गर्नुपर्ने माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको मिश्रले बताउनुभयो ।

उद्योगले ३ आर्थिक वर्षको भुक्तानी अहिलेसम्म नदिएपछि बाध्य भएर आफ्नो पैंसा लिनका लागि आन्दोलनमा उत्रेको उखु किसान संघर्ष समिति क्षेत्र नं. ४ का संयोजक राम सोगारथ राय यादवले बताउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय