काठमाडौं । प्रख्यात आर्थित समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एशियाको सबैभन्दा कमजोर मुद्रा बनेको दाबी गरेको छ । पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा धेरै गिरावट एशियाको १३ मुख्य मुद्रामध्ये सबैभन्दा कमजोर बनेको छ ।
दैनिक पत्रिका जंगको एक रिपोर्टका अनुसार पाकिस्तानी रुपैयाँ मे महिनामा २९ प्रतिशतको गिरावट आएको छ । उता पाकिस्तानको तुलनामा अफगानिस्तान, बंगलादेश र नेपालको मुद्रा स्थिर रहेको छ ।
एक डलरको तुलनामा आफगानिस्तानी मुद्राको मूल्य ७९, भारतीय रुपैयाँ ७०, बंगलादेशको टका ८४ र नेपाली रुपैयाँ ११२ रहेको छ ।
यसका साथै विहीवार पाकिस्तानको शेयर बजारमा निकै उथलपुथल आएको थियो । शुक्रबार बजारमा पाकिस्तानी रुपैयाँ आएको गिरावटका कारण शेयर बजारमा ८०० अंकले गिरावट आएको थियो । यो पछिल्लो डेढ दशकको सबैभन्दा ठूलो गिरावट हो । यसका साथै अन्तर वैंक बजार पनि उथलपुथल भएको छ र डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ रुपैयाँसम्म गिरावट आएको छ ।
एक्सचेन्ज कम्पनीज एसोसिएशन अफ पाकिस्तानका अनुसार खुला बजारमा एक डलरको पाकिस्तानी रुपैयाँ १५१ सम्म कारोबार भइहहेको छ ।
पाकिस्तानी रुपैयाँमा पाँच प्रतिशतको अवमूल्यनका कारण व्यवसायी जगतमा निकै ठूलो भूकम्प गएको छ ।
पछिल्लो १७ वर्षमा शेयर बजारको निकै खराब हप्ता बन्न पुगको छ ।