शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
29.1 C
Kathmandu
37.9 C
Birgunj

एकाएक नेकपा सचिवालय बैठक स्थगित, ओलीको ‘इन्ट्रेस्ट’

सिफारिस

काठमाडौँ–पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगित भएको छ । ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको सचिवलायका एक नेताले जानकारी दिए ।

- Advertisement -

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ ।

- Advertisement -

‘आज सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्यविभागबारे छलफल गर्ने निर्णय भएको थियो’ ती नेताले भने, ‘तर अन्तिम समयमा आएर अनिश्तिकालका लागि बैठक स्थगित भएको जानकारी आयो । अब बैठक कहिले बस्छ, त्यो जानकारी छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘इन्ट्रेस्ट’ मा बैठक स्थगित गरिएको हो । उनले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको बताइएको छ ।

पछिल्लो समय तत्कालीन दुवै पार्टीबाट पोलिटव्युरो सदस्यमा पर्ने नेताहरुको नामावलीमा विवाद भएपछि दुवै पक्षले नामावली टुंगो लगाउन सकेका छैनन् ।

अहिले दुवै पक्षका शीर्ष नेता पोलिटब्यूरो सदस्यको नामावली टुंग्यो लगाउने गृहकार्यमा छन् । त्यस्तै कार्यविभाजनमा पनि सचिवालयकै नेताहरुबीचमा सहमति हुन नसकेको स्रोतको दावी छ ।

कार्यविभाजन अन्तर्गत केन्द्रीय विभाग पनि पर्ने भएकाले शीर्ष नेताहरुबीचमा कसले कुन विभागको नेतृत्व गर्ने भन्नेबारे विवाद भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -