Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

एकाएक नेकपा सचिवालय बैठक स्थगित, ओलीको ‘इन्ट्रेस्ट’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ–पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगित भएको छ । ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको सचिवलायका एक नेताले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ ।

‘आज सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्यविभागबारे छलफल गर्ने निर्णय भएको थियो’ ती नेताले भने, ‘तर अन्तिम समयमा आएर अनिश्तिकालका लागि बैठक स्थगित भएको जानकारी आयो । अब बैठक कहिले बस्छ, त्यो जानकारी छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘इन्ट्रेस्ट’ मा बैठक स्थगित गरिएको हो । उनले गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको बताइएको छ ।

पछिल्लो समय तत्कालीन दुवै पार्टीबाट पोलिटव्युरो सदस्यमा पर्ने नेताहरुको नामावलीमा विवाद भएपछि दुवै पक्षले नामावली टुंगो लगाउन सकेका छैनन् ।

अहिले दुवै पक्षका शीर्ष नेता पोलिटब्यूरो सदस्यको नामावली टुंग्यो लगाउने गृहकार्यमा छन् । त्यस्तै कार्यविभाजनमा पनि सचिवालयकै नेताहरुबीचमा सहमति हुन नसकेको स्रोतको दावी छ ।

कार्यविभाजन अन्तर्गत केन्द्रीय विभाग पनि पर्ने भएकाले शीर्ष नेताहरुबीचमा कसले कुन विभागको नेतृत्व गर्ने भन्नेबारे विवाद भएको छ ।

ताजा समाचार

थप समाचार