spot_img

मोटरसाइकल चढ्नेलाई नयाँ नियम, पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

spot_img
spot_img

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका हुन् ।

उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।

‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, पन्तले भने, ‘हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने नियममा उल्लेख हुनेछ ।’

सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताए ।

उनले भने, ‘हामीले सडकमै रसिद काट्न मिल्ने गरिको सिस्टम बनाइरहेका छौं । त्यसपछि मोबाइलबाटै जरिवाना तिर्न सकिनेछ ।’

उनले उपत्यकामा टेम्पो र निलो माइक्रोलाई विस्थापित गरेर ठूला सवारीलाई प्राथमिकता दिने योजना रहेको पनि बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय