Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

बुद्धमय बन्यो पोर्चुगल, मुख्य शहरमा बुद्धको शान्ति सन्देश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोर्चुगल, ६ जेठ । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो ।

बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ नेपाली वेशभूषामा सजिएका नेपाली समुदायले मुख्य पर्यटकीय शहरलाई बुद्धमय बनाएका हुन् ।

रोसियोस्थित समुद्र किनारबाट शुरु भएको शोभायात्रा मुख्य पर्यटकीय क्षेत्रको परिक्रमापश्चात मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।

शोभायात्रामा बुद्ध वचनका साथै बुद्धम् शरणम् गच्छामी, धम्मं शरणम् गच्छामी, संघम् शरणम् गच्छामीलगायत बुद्धका शान्ति सन्देश प्रवाहित गरिएको थियो ।

यस्तै, बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँजस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो । शोभायात्रामा बौद्ध अनुयायीलगायत पोर्चुगलमा रहेका नेपालीको उल्लेख्य सहभागिता थियो ।

शोभा यात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कार्यक्रममा बोल्दै बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले बुद्धका ज्ञान, दर्शन र उपदेश विश्वसामु पुर्‍याउनु सबै नेपालीको दायित्व रहेको बताए ।

शोभायात्रामार्फत विदेशीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको प्रचारप्रसार गरिएको वाणिज्यदूत हमालको भनाइ थियो ।

पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बुद्धभूमि नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बुद्धको सन्देशमाथि प्रकाश पारेका थिए ।

यसअघि रोसियोस्थित काजा दि लाफोइसको हलमा धर्मगुरुद्वारा बुद्धको पूजाआराधना गरिएको थियो ।

ताजा समाचार

थप समाचार