[ndc-today-date]
[ndc-today-date]

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

हुवावेको मोबाइलमा अब जीमेल र युट्युब चलाउन नमिल्ने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ। गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न पाउने छैन।

- Advertisement -

अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकी कम्पनीसँग कारोबार गर्न हुवावेले लाइसेन्स लिनु पर्ने सर्त राखेको छ।

गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ।

- Advertisement -

हुवावेले गुगलको पछिल्लो निर्णयबारे कुनै प्रतिक्रिया दिएको छैन।

गुगलको यस्तो निर्णयपछि हुवावेका अहिलेका प्रयोगकर्ताले गुगल प्ले, जिमेल, म्याप, युट्युब लगायत एप प्रयोग गर्न पाउने छन्। तर त्यसमा नयाँ र सुरक्षा अपडेट भने गर्न मिल्ने छैन।

गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा अपडेट गर्न नमिल्ने भएपछि चीनबाहिरका हुवावे प्रयोगकर्तालाई समस्या हुने देखिएको छ।

गुगलले थप केके सेवा हुवावेलाई नदिने भन्नेबारे आन्तरिक छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ब्लुमबर्ग पत्रिकाका अनुसार चिप्स निर्माताहरू इन्टेल, क्वाल्कम, सिलिङ्क्स, ब्रोडकम इन्कले पनि आफ्ना कर्मचारीलाई अर्को निर्देशन नआएसम्म हुवावेलाई महत्वपूर्ण सफ्टवेयर उपलब्ध नगराउन निर्देशन दिएका छन्।

ताजा समाचार

spot_img

थप समाचार