काठमाडौँ,०६ माघ । लामो समयदेखि श्रमजीवी पत्रकारका अधिकारका लागि संघर्ष गर्दै आएका जन्मदेव जैसीले भक्तपुर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट आज मनोनयन गर्दा गराउने भएका हुन् ।
‘लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक संघर्षमा सक्रिय रहँदै आएको म आज एक जिम्मेवार निर्णयसहित तपाईंहरूमाझ आएको छु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भक्तपुर–२ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’ उनलाई प्रलोपाका सन्तोष परियारले टिकट हस्तान्तरण गरेका छन् ।

