Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

गैर आवासीय संघ अमेरिकाको अध्यक्षमा सुनिल साहको ऐतिहासिक जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अमेरिका – गैर आवासीय संघ अमेरिकाको अध्यक्षमा सुनिल साहले ऐतिहासिक जित हात पारेको छ । २०१९—२०२१ कार्यकालका लागि भएको निर्वाचित सुनिल साहले भारी मतले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार जम्मा ७ सहजार ३ सय ५७ जनाले मतदान गरेका गरेका थिए । जसमध्ये सुनिल साहले ३,५७६, उनका निकटतम प्रतिद्धन्दी सूर्य लम्सालले १, ९५२ र अर्का प्रतिद्धन्दी संजय थापाले १,८०८ प्राप्त गरेका थिए । २१ जनाले नो भोट गरेका थिए ।

विगत लामो समय देखि साह अमेरिकामा बस्दै आउनु भएको छ । उहाँले अमेरिकामा सन्चार प्रविधि सम्बन्धी व्यवसायी समेत गरी रहनु भएको छ ।

सामाजिक कार्यमा सक्रिय नव निर्वाचित साह, अमेरिकी नेपालीमा माँझ चिरपरिचत अनुहार हनुहुन्छ । सहयोगि भावना राख्ने सुनिल साह नेपालमा विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आउनु भएको छ ।

शाह निर्वाचन समिति सदस्य, सल्लाहकार, वरिष्ठ उपाध्यक्ष हुदै एनआरएनएको आगामी कार्यकालका लागी अध्यक्षका उम्मेदवारमा मैदानमा उतिदै जीत हासिल गरेका छन् । सुचना प्रविधि क्षेत्रमा सक्रिय शाह झन्डै १५ वर्ष अघि माष्टर डिग्रीका लागी अमेरिका आएका हुन । झन्डै सात वर्ष देखि एनआरएनए मा आवद्ध रहेर काम गरेको अनुभव, दक्षतालाई हेरेर नेतृत्व चयनमा आम गैरआवासिय नेपालीले आफनो पक्षमा मतदान भएको भन्दै जीतमा खुशी प्रकट गरेका छन्

दुई वर्ष देखि वरिष्ट उपाध्यक्षमा रहेर संस्थागत हितका लागी गरेको कामको अनुभवले पनि आफुलाई मतदाताले जिम्मेवारी सुम्पेको उनको दाबी छ ।

गैरआवासिय नेपालीको अधिकारको पक्षमा नेपाली सरकार संग चलीरहेको सम्झौतालाई थप निस्कर्षमा पुराउन, नेपाली विद्यार्थीहरुको समस्या र तिनको समाधान, लगायत अमेरिकामा रहेर आम नेपालीहरुको पक्षमा खडा हुने आफनो मुल लक्ष्य बोकेर शाह चुनावी मैदानमा होमिएका थिए । गैरआवासिय नेपालीहरुको नागरिकता समस्या देखि समस्यामा परेका नेपालीलाई सम्बन्धीत ठाउ“मा आवाज उठाउन बिगतमा जस्तै आफनो प्रयास निरन्तर रहने बताएका छन् ।

दुई वर्षमा संस्थागत पारदर्शिता, लिडरसिप लगायत एनआरएनएलाई आफनो तर्फबाट चुस्त र दुरुस्त राख्न धेरै प्रयत्न गरेको शाहले बताए । मतदाताले मेरो पक्षमा मतदान गरेर मलाई नेतृत्व तहमा पुराउनु भयो एनआरएनएलाई विवादरहित तुल्याई आम गैरआवासिय नेपालीहरुको हक हितमा सदैव खडा हुनेछु र अहिलेको कामलाई निरन्तरता दिदै एनआरएनएलाई सबैको एनआरएनए बनाउनेछु, शाहले भने ।

नेपालको ऐतिहासिक सहर जनकपुरमा जन्मेका हुन सुनिल शाह । सन् २००४ मा उनी अध्ययनका लागी अमेरिका आएका थिए । अमेरिकाको फलोरिडास्थित एटलान्टिक युनिभर्सिटीबाट उनले इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेका हुन । पेशाले कम्पयुटर इन्जिनियर रहेका शाह नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सस राज्यको प्लानोमा बस्दै आएका छन् । सन् २०११ देखि उनी एनआरएनए अमेरिकामा आवद्ध रहदै आएका छन ।

ताजा समाचार

थप समाचार