Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

विश्वकै पहिलो उड्ने ट्याक्सीको सफल परीक्षण !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीबीसी – जर्मनको एउटा स्टार्ट–अप कम्पनीले विश्वकै पहिलो आफैँ उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । लिलियम कम्पनीले अघिल्लो महिनामा मात्र यसको नमुना परीक्षण गरेको थियो जुन आफैँ माथि उडेर अवतरण गर्न सफल रहेको थियो ।

विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको यात्रा तय गर्ने क्षमता रहेको बताइएको छ । यसअघि थुप्रै कम्पनीहरुले आफैँ उड्ने ट्याक्सी परीक्षण गरिसकेका छन् तर तिनमा दुईवटा सिट मात्र निर्माण गरिएको थियो । यसरी बिहीबार मात्र सार्वजनिक गरिएको उक्त एयर ट्याक्सी २०२५ सम्ममा विश्वभरका विभिन्न शहरमा उपलब्ध हुने र पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।

तर यसको सेवा शुल्क कति लाग्नेछ भन्नेबारे स्पष्ट जानकारी नदिएपनि कम्पनीले साधारण ट्याक्सी समान शुल्क लिइने दाबी गरेको हो । कम्पनीका व्यवसायिक अधिकारी रेमो गर्बरले सिएनएनसँग बोल्दै भने, “हाम्रो उद्देश्य साधारण मानिसहरुलाई पनि यसको पहुँच दिलाउनु हो र ठुल्ठुला धनी व्यवसायी यात्रीहरुलाई मात्र नभएर जोसुकैले पनि यसको सेवा लिन पाऊन् भन्ने हाम्रो चाहाना रहेको छ ।”

ताजा समाचार

थप समाचार