सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँने छौं । (राज्यमन्त्री गोविन्द बहादुर शाह)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताएका छन् ।

- Advertisement -

सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताएका हुन् । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सरकार अलोकतान्त्रिक भएको र जनभावना विपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन काङ्ग्रेसले रचनात्मक भूमिका खेल्ने बताए ।

सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने उनले बताए । विधेयकको विरोध नेपाली काङ्ग्रेसले खुलेर गरेको र पत्रकारको हकहितका लागि आफ्नो पार्टी पत्रकारसँगै रहनेसमेत बताए ।

- Advertisement -

जनतालाई आतङ्कित बनाएको भन्दै उनले प्रेस स्वतन्त्रता नभए पञ्चायत, राणाकाल भन्दा पनि डरलाग्दो अवस्थामा यो सरकारले देशलाई लैजान लागेको बताउँदै मुलुकलाई अस्थिरता तिर लैजाने अहङ्कारको खिलाफमा देशभर काङ्ग्रेसले जागरण अभियान चलाएको उनले स्पस्ट पारे ।

उनले अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत बताए । सरकारका बेथिति विरुद्ध नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उनले आग्रह गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -