9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

नेहा कक्करले काठमाडौंमा धमका मच्चाउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । बलिउडमा चर्चा कमाएकी गायिका नेहा कक्करले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छिन् । राजधानीको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा उनले कन्सर्ट गर्न लागेकी हुन् । योसँगै नेहाको नेपालमा यो पहिलो कन्सर्ट पनि हो ।

- Advertisement -

‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त कार्यक्रम जेठ २५ गते शनिवारका दिन हुनेछ । कन्सर्ट स्थलमा २५ सय दर्शक अटाउने आयोजकले जनाएको छ । नेहालाई नेपाल ल्याउने काम पारामाउन्ट इन्टरटेनमेन्टले गरेको हो ।

नेहाले उक्त कार्यक्रममा लोकप्रिय गीत प्रस्तुत गर्ने तयारीमा रहेको आयोजक संस्थाका प्रमुख दीपक घिमिरेले जानकारी दिए । कार्यक्रम बेलुका ८ बजेदेखि शुरु हुनेछ । प्रस्तुति दिनका लागि नेहा शुक्रवार नै नेपाल आउने योजना छ ।

यस्तै कार्यक्रममा नेपाली गायक तथा गायिकाको पनि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा ‘इन्डियन आइडल’ का उत्कृष्ट दश प्रतिस्पर्धीले समेत आफ्नो प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभाी हुन चाहने दर्शकका लागि बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ ।

पछिल्लो समय नेहा कक्करले स्वर दिएका गीत हिट भएका छन् । बलिउड फिल्ममा गीत गाएकी नेहाले हालै आफ्नो युट्युबमा सार्वजनिक गरेको गीत ‘तेरा घाटा’ लाई दर्शकले रुचाएका थिए । त्यस्तै ‘आँख मारे’ बोलको गीत पनि चर्चित छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -