Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

उपचारमा लापरवाही गर्दा बच्चाको ज्यान गएको भन्दै मृतकका आफन्तद्वारा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ७ जेठ — उपचारको क्रममा लापरवाही भएको हुँदा बच्चाको ज्यान गएको भन्दै मृतकका परिवारले बीरगंजको गण्डक अस्पतालमा प्रदर्शन गरेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर बस्ने श्रीराम महतो कोईरीको १८ महिने छोरा सुजित कुमारलाई झाडापखाला भई गत शनिवार उपचारका लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
१३ घण्टा अगाडी सिरिन्जमा लोड गरिएको मोनोसेफ इन्जेक्सन दिदा बालकको मुखबाट फिज आई मृत्यु भएको पिडितका आफन्तले गुनासो गरेका छन् । आईतबार बेलुका झाडा पखाला नियन्त्रण गर्ने एन्टिवायोटिक इन्जेक्सन मोनोसेफ आधा डोज दिएको थियो भने आधा डोज सुईमै लोड गरी राखिएको र १३ घण्टा पछि दिदा सो बालकको मृत्यु भएको बालकका परिवारले बताएका छन् । १३ घण्टा सम्म लोड गरेर राखेको सुई विषाक्त भएको हुन सक्ने आरोप आफन्तले लगाएका छन् ।

बालकको उपचारमा संलग्न चिकित्सक किशोर साहको लापरवाहीले घटना घटेको भन्दै अस्पतालमा पुगेका आफन्त जनले शव बुझन अस्वीकार गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाहीको माग गरेका छन् ।

ताजा समाचार

थप समाचार