मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

भारतिय लोकसभाको प्ररम्भिक चुनावी मतपरिणाम अनुसार मोदीको जय जय,एनडिएलाई स्पष्ट बहुमतको संकेत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,९ जेठ – भारतमा सम्पन्न लोकसभा चुनाव प्ररम्भिक नजिताहरुले बिजेपीलाई शुभ संकेत दिएको छ । प्रारम्भिक मतपरिणाम आउन सुरू भई रहदा विजेपी भारतको सबै ठूला राज्यहरु अग्रता लिएको छ । अग्रता कायमै रहे मोदीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । प्ररम्भि मतपरिणाम अनुसार राजनितिमा हस्ती केही खेलाडीहरुलाई हारको स्वाद चाख्नु पर्ने देखाएको छ । काग्रेसका राहुल गान्धी,सोनिय गान्धी समेतका नेताहरु प्ररम्भिक मतगननामा पछाडी देखिएका छन् । भारतीय सञ्चारमाध्यामहरूले अपडेट गरेको मतपरिणाम अनुसार पहिलो चरणमा भारतीय जनता पार्टी भाजपाको एनडिए गठबन्धनले अग्रता लिएको छ।

- Advertisement -

टाइम्सअफ इण्डियाका अनुसार अहिलेसम्म मत गणना भएका ५ सय १६ सिट मध्ये ३ सय ६ मा भाजपाको गठबन्धन अघि छ। कांग्रेसको गठबन्धनले भने ९१ सिटमा अग्रता लिइरहेको छ। महागठबन्धनले २८ र अन्य पार्टीले ९१ सिटमा अग्रता लिएका छ।

कुन प्रदेशमा कसको अग्रता

- Advertisement -

उत्तर प्रदेशका ८० सिटमा ७१ सिटको गणना चलिरहेको छ। ४२ सिटमा भाजपाको गठबन्धन, महागठबन्धनमा २७, कांग्रेस गठबन्धनले २ सिटमा अग्रता लिएका छन्।

महाराष्ट्रका ४८ सिटमा ४७ वटाको गणना चलिरहेको छ। भाजपा ३५, कांग्रेस १२ मा अग्रता लिएका छन्।

दिल्लीको ७ सिटमध्ये सातवटैमा भाजपागठबन्धन अघि छ।

पश्चिम बंगालका ४२ सिट मध्धे मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २०, भाजपा गठबन्धन १९ र कांग्रेस २ सिटमा अग्रता लिएका छन्।

बिहारका ४० सिटमध्ये ३५ मा भाजपा र ५ वटामा कंग्रेस गठबन्धनको अग्रता।

गुजरातका २६ सिट मध्ये २५को मतगणना चलेको छ। २१ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ।

हरियाणाका १० सिटमा १० वटैमा भारतीय जनता पार्टीको अग्रता

झारखण्डका १४ मध्ये भाजपा १०, कंग्रेस २ र अन्यको २ सिटमा अग्रता

मध्यप्रदेशका २९ सिटमा २६ वटाको मतगणना चलिरहेको छ। २२ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ।

राजस्थानका २५ मध्ये भाजपा २२ र कंग्रेस ३ सिटमा अग्रता लिइरहेको छ।

कर्नाटकका २८ मध्ये भाजपा १४ र कंग्रेस गठबन्धन ९ र अन्य ५मा अग्रस्थानमा छन्।

केरलाका २० मध्ये १६ सिटको मतगणना चलिरहेको छ ती १६ वटैमा कंग्रेस गठबन्धनले अग्रता लिएको छ।

तमिलनाडुका ३९ सिट मध्ये १६ सिटको मतगणनमा चलिरहेको छ। १५ मा कंग्रेको अग्रता छ भने एउटामा भाजपा गठबन्धन अघि छ।

महाराष्ट्रका ४८ सिटमा ३६मा भाजपा गठबन्धन अघि र १२ सिटमा कंग्रेस गठबन्धन अघि छन्।

असामका १४ मध्ये ११ मा भाजपा, २ मा कंग्रेस र १ वटा सिटमा अन्य दलको अग्रता छ।

छत्तिसगढका ११ सिटमा ८ वटामा भाजपा र ३ मा कंग्रेसले अग्रता लिन सकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -