Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पश्चिम बंगालमा ३५ वर्ष शासन गरेको कम्युनिष्ट पार्टीको पत्तासाफ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिल्ली । भारतीय लोकसभा चुनावमा अहिलेसम्मको मतपरिणाम हेर्दा पश्चिम बंगालमा यसअघि ३५ वर्ष शासन चलाएको कम्युनिष्ट पार्टीको पत्तासाफ हुने देखिएको छ। आइतबार सकिएको चुनावको मतगणना बिहीबार विहान ८ बजे देखि भएको थियो। अहिलेसम्मको परिणामअनुसार कम्युनिष्ट पार्टीले कुनैपनि क्षेत्रमा अग्रता लिएको छैन।

सन् २०१४ चुनावमा पश्चिम बंगालका २ सिटमा छिरेको भारतीय जनता पार्टीले भने त्यहाँ आफ्नो प्रभाव विस्तार गरेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार उसले त्यहाँ १५ सिटमा अग्रता लिएको छ।

पश्चिम बंगालको सत्तारूढ दल तृणमूल कंग्रेसले अग्रता लिएका २५ सिट छन्।

मुख्यमन्त्री ममता बेनर्जीसँगको असन्तुष्टीका कारण कम्युनिष्टहरूले भाजपालाई मत दिएको हुनसक्ने भारतीय सञ्चारमाध्यामहरूले विश्लेषण गरेका छन्।

भारतमा कम्युनिष्ट विचारधाराको सुत्रपात भएको पश्चिम वंगालमै सबभन्दा पहिले कम्युनिष्ट पार्टी खुलेको थियो। सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले वंगालको सरकार चलाएको थियो। २०१२ मा तृणमूल कंग्रेसको विजयपछि भने कम्युनिष्ट पार्टीको प्रभाव कम भएको हो।

ताजा समाचार

थप समाचार