Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

बम विस्फोटनको जिम्मा चन्द समूहले लियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले मुलुकभर भएका विस्फोटनको जिम्मा लिएको छ । सरकार नागरिक स्वतन्त्रता, वाक स्वतन्त्रता र मानवअधिकारका विषयमा निरंकुश बन्दै गइरहेको भन्दै त्यस विरुद्ध आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उल्लेख गरेको छ ।

सोमबार उक्त समूहका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारले गैरकानुनी, गैरराजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको गरेको आरोप लगाएका छन् ।

सरकारी दमन, गिरफ्तार, झुटा मुद्दा र हत्याले इतिहासमा कहिल्यै जनताको मुक्तिको आन्दोलन नरोकिने विज्ञप्तिमा उल्लेख छ । चन्दले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार नेता/कार्यकर्ताहरूलाई बिना सर्त स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ ।

कार्यकर्ता रिहा नगरे सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैँ हुनुपर्ने चेतावनीसमेत दिएका छन् । साथै, आइतबार बम विस्फोटनमा मृत्यु भएका तीन जना आफ्नो पार्टी कार्यकर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।

ताजा समाचार

थप समाचार