Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

भारतीय नागरिक नेपालमा सरकारी जागिरे

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कपिलवस्तु/तौलिहवा, १५ जेठ । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका एकजना कर्मचारी भारतीय नागरिक रहेको खुलासा भएको छ ।

- Advertisement -

लामो समयदेखि आफ्नो भारतीय नागरिकको परिचय लुकाएर कृष्णानगरमा बसोबास गर्दै आएका सकिर अहेमदले कपिलवस्तु जिल्लामा घरजग्गा सम्पत्ति जोडेर बसेका छन् ।

नेपालका कर्मचारी र जनप्रतिनिधिहरूलाई आर्थिक प्रलोभनमा पारेर नेपाली नागरिकता लिएका सकिर अहेमदले पत्नीसहित घरका सबैलाई नेपाली नागरिकता दिलाएका छन् ।

- Advertisement -

नेपाली नागरिकता देखाएर सकिर अहेमदले कृष्णानगर नगरपालिकामा जागिर खान समेत भ्याएका छन् । सकिर अहेमदको नाममा भारतको उत्तरप्रदेशको लखनउमा लाखौँको सम्पत्ति अहिले पनि छ ।

भारतको निर्वाचन आयोगको मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर अहिले पनि छ । मतदाता सूचीमा सकिर अहेमदको नाम र तस्वीर ‘युडब्लुपी १४८०६७२’ हेर्न सकिन्छ । यो सूचीमा सकिर अहेमदकी पत्नी नूरजहाँको नाम समेत छ । नूरजहाँको भारतीय मतदाता संख्या ‘यूडब्लुपी १४८०६९८’ रहेको छ ।

एक हप्ता अगाडि मतगणनाको अन्तिम रिजल्ट आइसकेको भारतको लोकसभा निर्वाचनमा समेत उनीहरू उत्तर प्रदेश गएर मतदान गरेका थिए ।

सकिर अहेमदले भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा आफू र आफ्नी पत्नीको नाम र तस्वीर रहेको स्वीकार गरेका छन् । ‘भारतीय निर्वाचन आयोगको सूचीमा रहेको तस्वीर मेरो र मेरी पत्नीको हो’, दैनिक नेपालसँग भारत र नेपालको दोहोरो नागरिकता लिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘तर हामीले सूचीमा नाम राखेका होइनौँ । विरोधीहरूले हाम्रो नाम र तस्वीर राखिदिएको हो ।’

सकिर अहेमदले भने, ‘भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा नाम राख्न एक सय रुपियाँ खर्च गरेपछि भइहाल्छ । हाम्रा विरोधीले त्यसो गरेका होलान् ।’ भारतीय निर्वाचन आयोगको सूचीमा नाम रहेको विषयमा अन्त्यन्तै हल्का प्रतिक्रिया दिएका कृष्णानगर नगरपालिकाका कर्मचारी सकिर अहेमदले नेपाली नागरिक भएर लिएको सेवा सुविधाका बारेमा धेरै बोल्न मानेनन् ।

कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले सकिर अहेमदले फर्जी कागज पत्र पेस गरेर नेपाली नागरिकता लिएको बारेमा उजुरी नआएको बताए । ‘व्यक्तिले नेपाली नागरिकता कसरी ? कुन आधार प्रमाणका रुपमा लिएको छ ? त्यो कुरालाई हामीले हेर्ने हो’, उनले भने, ‘कुनै विदेशी नागरिकले गलत आधार र प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको छ भने कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी पोखरेलले दोहोरो नागरिकताका लिएको विषयमा पहिला कृष्णानगर नगरपालिकामा उजुरी दिन र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिन सल्लाह दिएका छन् । ‘अख्यिारको काम गर्ने अधिकार मलाई हुँदैन’, उनले भने, ‘मैले हेर्ने भनेको कसरी ? कुन आधार प्रमाणमा नागरिकता लिइएको छ त्यसलाई छानविन गर्ने हो ।’

कृष्णानगर र शिवराज नगरपालिकामा करोडौँको सम्पत्ति जोडेर राखेका भारतीय नागरिक सकिर अहेमदले दुई वटा पेट्रोल पम्म चलाउने तयारी गरेका छन् ।

हुन त कृष्णानगर नगरपालिकाका मेयर रजत प्रताप शाहसँग पनि भारतीय राहदानी रहेको छ ।

मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रजत प्रताप शाहले निर्वाचन जितेका छन् । मेयर शाह र सकिर अहेमद मिलेर कृष्णानगर नगरपालिकामा अनियमितता र भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीहरूको आरोप छ ।

ताजा समाचार

spot_img

थप समाचार