मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

ओली–मोदी भेटवार्ता आज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।

- Advertisement -

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ ।

- Advertisement -

यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -